खेल


छैटौं स्थानमा रहँदै टोट्नहमले गर्‍यो लिगको अन्त्य

छैटौं स्थानमा रहँदै टोट्नहमले गर्‍यो लिगको अन्त्य

नेपालखबर
साउन ११, २०७७ आइतबार १६:५३,

इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा रहँदै टोटनहमले यस सिजनको अन्त्य गरेको छ। 

आइतबार राती भएको अन्तिम खेलमा क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेल्दै टोटनहमले सिजनको अन्त्य गरेको हो। 

यो बराबरीसँगै ५९ अंक जोडेको टोटनहमले छैटौं स्थानमा रही अर्को सिजनको यूरोपा लिगमा आफूलाई सुरक्षित पार्यो।

टोटनहमका लागि कप्तान ह्यारी केनले १३औं मिनेटमा सुरुवाति अग्रता दिलाएका थिए। तर ५३औं मिनेटमा जेफ्री स्कुपले बराबरी गोल फर्काए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad