ad ad

खेल


सम्मान थाप्न बोलाइएर रित्तै हात फर्काइदा...

सम्मान थाप्न बोलाइएर रित्तै हात फर्काइदा...

नेपालखबर
असार ३१, २०७७ बुधबार ७:१६,

नेपालगन्ज उप–महानगरपालिकाले मंगलबार सातौं नगरसभामा खेल क्षेत्रमा सफलता हात पार्ने खेलाडीलाइ सम्मान कार्यक्रमको आयोजना गरेको थियो।

सोही कार्यक्रममा १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा भारोत्तोलनकी स्वर्ण पदक विजेता सञ्जु चौधरी र कास्य पदक विजेता प्रकाश केसीलाई सम्मान आयोजना गरेको थियो।

कार्यक्रम हुनुभन्दा केही घण्टाअघि मात्र जानकारी पाएकी स्वर्ण विजेता सञ्जु काठमाडौमा रहेकाले सम्मान ग्रहण गर्न बुबालाई जान अनुरोध गरेकी थिईन्।

सम्मान कार्यक्रममा पुगेका उनका बुबालाई आवश्यक कागजात नपुगेको भन्दै उपमहानगरले सम्मान नै नदिाई फिर्ता पठायो।

सो कुराबाट आक्रोशित सञ्जुले सामाजिक सञ्जालमा लेखिन, ‘हामी खेलाडीको स्वाभिमान हुँदैन र? सम्मान छ भन्दै बोलाउने। आफू नसके परिवारको जो कसैलाई पठाउँ भन्ने। परिवार पुगेपछि कुरा मिलेन भनेर जाउ भन्ने? हामीलाई पैसा चाहिएको होइन, सम्मान चाहिएको हो।’

सञ्जुले सम्मान लिन बोलाएर पनि आवश्यक कागज नपुगेको भन्दै आफ्ना बुबालाई फिर्ता पठाउनुले आफूहरुको अपमानका भएको बताएकी छिन।

नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवल शम्शेर राणाले यसबारेमा आफुले बुझिरहेको प्रतिक्रिया दिए। उनले भने, ‘यसबारेमा मैले बुझ्दै छु बुझेर म १ घण्टापछि सम्पर्क गर्छु।’

नेपाल प्रहरीमा आबद्ध सन्जुले नेपालगन्जलाई २२ वर्षपछि भारोत्तोलनको महिलान ५९ केजी मुनि स्वर्ण दिलाएकी थिइन्।।

सोही कार्यक्रममा १३औं दक्षिण एशियाली खेलकुद सागका कास्य पदक विजेता प्रकाश केसीलाई उपमहानगरपालिकाले ५० हजारसहित सम्मानित ग¥यो। प्रकाशले ७३ केजी तौलसमूहमा काँस्य जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .