ad ad

कारोबार


सेनाले फास्टट्रयाक निर्माणमा छानेको परामर्श कम्पनीलाई विश्व बैंकले लगायो बन्देज

सेनाले फास्टट्रयाक निर्माणमा छानेको परामर्श कम्पनीलाई विश्व बैंकले लगायो बन्देज

नेपालखबर
असार ३१, २०७७ बुधबार ७:३०,

राष्ट्रिय गौरवको परियोजना काठमाडौं-तराई फास्टट्रयाक निर्माणमा परामर्श कम्पनीको रुपमा छानिएको कोरियाली कम्पनी युसिन इन्जिनियरिङ कर्पोरेसनलाई विश्व बैंकले काम कारवाही गर्न अयोग्य भनी बन्देज लगाएको छ।

भनौतु भन्ने मुलुकको एभियसन इन्भेस्टमेन्ट प्रोजेक्टमा उसले अनियमितता गरेको आरोपमा सो इन्जिनियरिङ कम्पनीलाई १३ महिनाका लागि बन्देज लगाएको विश्व बैंकले जनाएको छ।

‘यो बन्देजसँगै योसिन अब विश्व बैंकसम्बन्धी संस्थाहरुले सहयोग गर्ने परियोजनामा सहभागी हुनबाट अयोग्य ठहरिएको छ,’ विश्व बैंकद्वारा हालै जारी सूचनामा भनिएको छ।

युसिन कम्पनीलाई नेपाली सेनाले फास्टट्रयाक परियोजनाको परामर्शदाताको रुपमा साढे दुई महिनापहिले छनोट गरेको थियो।

विश्व बैंकका अनुसार भनौतुको परियोजनामा कम्पनीको तर्फबाट भएका गल्ति कमिकमजोरी युसिनले स्वीकारेको र सो बन्देजबाट छुट पाउनका लागि गर्नुपर्ने सबै शर्तहरु पुरा गर्न तयार रहेको जनाएकाे छ।

अप्रिल २०१० देखि लागु भएको बन्देजसम्बन्धी निर्णयलाई आपसीरुपमा लागु गर्ने सहमतिअनुसार विश्व बैंकले सो कम्पनीमाथि लगाएको बन्देज अन्य बहुपक्षीय विकास बैंकहरुले पनि लागु गर्न सक्छन्।

परामर्शदाता छनौट गर्ने बेलामा समेत सेनाले खरिद ऐनका प्रक्रिया विपरित सो कम्पनीलाई छानेको भनी सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी समेत परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .