खेल


राखेपको सदस्यसचिव छान्न प्रक्रिया सुरु, तीन सदस्यीय सिफारिस समिति गठन

राखेपको सदस्यसचिव छान्न प्रक्रिया सुरु, तीन सदस्यीय सिफारिस समिति गठन

नेपालखबर
असार २६, २०७७ शुक्रबार ७:१९,

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव चयनका लागि शुक्रबार ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ। योसँगै राखेपको नयाँ सदस्यसचिवका लागि प्रक्रिया सुरु भएको छ।

युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्माले विज्ञहरुको सल्लाहमा मन्त्रालयका सचिव राम प्रसाद थपलियाको संयोजकत्वमा परिषद्का रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको समिति गठन गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले असार १० गते खेलकुद ऐन २०७७ प्रमाणीकरण गरेकी थिइन्। त्यसको १ हप्तापछि असार १८ गते निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालसहित परिषदका उपाध्यक्ष र अन्य सदस्यहरु पदमुक्त भएका थिए।

अब सिफारिस समितिले एक महिलासहित मापदण्ड पूरा गरेका ३ जनाको नाम मन्त्रालयलाई सिफारिस गर्नेछ। सिफारिस भएकामध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले राखेप सदस्यसचिव नियुक्त गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad