स्पेनिस ला लिगामा उपाधि होडमा चर्को प्रतिस्पर्धा देखिएको छ। शीर्ष स्थानको टोली रियल मड्रिड र दोस्रो स्थानको बार्सिलोनाबीच एक अंकको दूरी कायम छ।
बार्सिलोनाले बुधबार राति एस्पानियोललाई १-० ले पराजित गरेसँगै उपाधिमा चर्को प्रतिस्पर्धा देखिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंग्गिएको खेलको दोस्रो हाफमा लुइस सुआरेजले निर्णायक गोल गरेका थिए।
५६औं मिनेटमा सुआरेजले निर्णायक गोल गरेका हुन। त्यसअघि बार्सिलोनाका अंशु फाती र एस्पाइनोलका लोजानेले रातोकार्ड पाउँदै मैदान छाडेका थिए।
जितसँगै बार्सिलोनाको ३५ खेलबाट ७६ अंक भएको छ। एक खेल कम खेलेको रियलको भने ७७ अंक छ।

प्रतिक्रिया