सिन्धुलीमा बुधबार साँझ रड र सिमेन्ट बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार फिक्कल गाउँपालिका ५ को ग्रामीण सडकमा बुधबार साँझ सदरमुकाम सिन्धुलीमाढीबाट फिक्कलको डाँडाचौर जाँदै गरेको ना ४ च ५२८५ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा फिक्कल ५ का ६५ वर्षीय धर्मध्वज सुनुवारको मृत्यु भएको छ। स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि खुर्कोट अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक फिक्कल ५ कै ४९ वर्षीय टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार गम्भीर घाइते भएका छन्।
उनीहरु सबैलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ।

प्रतिक्रिया