खेल


क्यानको सदस्यमा छुम्बी लामा मनोनित

क्यानको सदस्यमा छुम्बी लामा मनोनित

नेपालखबर
असार १६, २०७७ मंगलबार १४:५८,

नेपाल क्रिकेट संघ(क्यान)को सदस्यमा छुम्बी लामा चुनिएका छन। 

लामालाई राष्ट्रिय खेलकुद परिषद्ले मनोनय गरेको हो। आफूलाई क्यानको सदस्यका रुपमा मनोनय गरेपछि लामाले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई धन्यवाद ज्ञापन गरेका छ। 

सामाजिक सञ्जालमा लामाले लेखेका छन, 'सदस्यसचिव रमेशकुमार सिलवालज्यूले नेपाली क्रिकेटमा मैले दिएको करिव १० वर्षको योगदानको कदर गर्दै मेरो कार्यसम्पादन मूल्याङ्कनको आधारमा विश्वास गरेर परिषद्को प्रतिनिधिको रूपमा नेपाल क्रिकेट संघको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएकोमा हार्दिक आभर प्रकट गर्दछु।'

लामाले बितेका १० वर्षमा हासिल गरेको ज्ञान र सीप नेपाली क्रिकेटको विकास र विस्तारमा लगाउने प्रतिबद्धता ज्ञापन गरेका छन।

लामा प्रबन्ध निर्देशक रहेको क्विन्स इभेन्ट म्यानेजमेन्टले पोखरामा पोखरा प्रिमियर लिग र काठमाडौंमा वुमन्स च्याम्पियन्स लिग आयोजना गर्दै आएको छ। 

उनी यसअघि क्यानका कार्यसञ्चालन अधिकृत पनि थिए।

क्यान विधानअनुसार २ सदस्य राखेपले मनोनय गर्न पाउने प्रावधान थियो। क्यानले लामासँगै धर्मराज गिरीलाई पनि सदस्यमा मनोनयन गरेको छ।

पूर्व राष्ट्रिय खेलाडी गिरी नेकपाको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका क्रिकेट विभागका उपाध्यक्ष समेत हुन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad