नेपालले आइतबार मलेसियाविरुद्धको २ खेलको टि-२० शृंखलामा क्लिन स्विप गरेको थियो। नेपालले पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय शृंखला जितेको हो।
जितपछि पारसले सामाजिक सञ्जालमा लेखेका छन्, 'पछिल्ला दुई दिनमा सबैको राम्रो इफोर्टबाट राम्रो जित निकाल्यौं। हाम्रो जित बाढी तथा पहिरोबाट ज्यान गुमाएका र प्रभावित बनेकाहरुप्रति समर्पित गर्दछौं।'
बाढी पहिरोले नेपालमा पछिल्लो हप्ता कम्तीमा ५० जना जनाको ज्यान गइसकेको छ। नेपाली टोलीले आइतबार मलेसियासँग भएको दोस्रो खेलमा बाढी पहिरो पीडितप्रति समर्पित भई हातमा कालो पट्टी बाँधेर खेलेका थिए।
दोस्रो खेलमा आइतबार नेपालले मलेसियालाई ६ रनले पराजित गर्दै शृंखला क्लिन स्विप गरेको हो। यसअघि शनिबार भएको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो।
दोस्रो खेलमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमा समेटियो
मलेसियाका ओपनर सयद अजिजले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउँन सकेनन्। यस्तै अमिनुद्दिन राम्लेले २४ रन, वीरनदीप सिंहले २३, मोहम्मद सायदातले २१ तथा अहमद फैजले १७ रन जोडे।
यो पनि: मलेसियाविरुद्धको दोस्रो खेलको पहिलो इनिङमा बनेका दुई कीर्तिमान
नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए।
त्यसअघि विनोद भण्डारीले २५ बलमा ५१ रन जोडेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो। विनोदले ३ चौका र ५ छक्का प्रहार गरेका थिए।
यस्तै शरद भेषावकरले ४० रन बनाए। २८ बल खेलेका शरदले ४ चौका र २ छक्का प्रहार गरे। कप्तान पारस खड्काले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा २३ रन बनाए।
उनीहरुबाहेक रोहितकुमार पौडेलले १९ तथा करण केसीले १६ रन बनाए।
मलेसियाको क्वालालाम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा जारी दोस्रो खेलमा शृंखला क्लिन स्विप गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिएको हो।
नेपालले शनिबार भएको पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा जित हात पारेमा पहिलो पटक इतिहासमा नेपालले टि-२० शृंखलामा क्लिन स्विप गर्नेछ।
अघिल्लो खेल भन्दा यस खेलमा नेपालले दुई परिवर्तन गरेको छ। ओपनर प्रदीप ऐरीको स्थानमा पवन सरार्फ र स्पिनर बसन्त रेग्मीको स्थानमा तीव्रगतिका बलर अभिनास बोहराले मौका पाएका छन्।
यो पनि: त्यसपछि सागर स्पिनर बनेर चम्किए
सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टि–२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम तयारी स्वरुप नेपालले शनिबार र आइतबार(असार २८ र २९) मलेसियाविरुद्ध दुईवटा खेलको अन्तर्राष्ट्रिय टि–२० शृंखला खेलेको हो।
मलेसियामा १० दिन बिताएर साउन ३ गते नेपाल विश्वकपको एसिया छनौट खेल्न आयोजना स्थल सिंगापुर प्रस्थान गर्नेछ।
एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ६ टोलीले सहभागिता जनाउँदैछन्।
एसिया छनौटमा नेपालको खेल तालिका
साउन ७– नेपाल भर्सेस कतार
साउन ८– नेपाल भर्सेस मलेसिया
साउन ११– नेपाल भर्सेस कुवेत
साउन १२– नेपाल भर्सेस सिंगापुर
टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा टोली ग्लोबल छनौटमा पुग्ने छ।
असोजमा यूएईमा हुने ग्लोबलमा नेपालसहित १४ राष्ट्रले सहभागिता जनाउँनेछन्। त्यसमध्ये ६ राष्ट्रले विश्वकप खेल्न पाउँनेछन्।
यो पनि: नेपाल फेरि विश्वकप खेल्न कस्सियो
ग्लोबल छनौट खेल्ने स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान, आयरल्याण्ड्स, यूएई, पपुवा न्यूगिनी, केन्या, नामिबिया र जर्सी गरी ११ टोलीको टुंगो लागिसकेको छ। त्यसमा नेपाल खेल्ने एसिया छनौटबाट एक टोली र अमेरिका छनौटबाट दुई टोली थपिनेछन्।
नेपाली टोली
कप्तान पारस खड्का, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, पवन सर्राफ, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी।

प्रतिक्रिया