कोरोना भाइरसको संक्रमणको जोखिमका कारण भारतीय पुरुष क्रिकेट टोलीले श्रीलंका र जिम्बाबे भ्रमण नगर्ने भएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय क्रिकेट टोली भ्रमणमा नजाने जानकारी गराएको हो।
भारतीय टोलीले जुन २४ देखि श्रीलंका र अगष्ट २२ देखि जिम्बाबेमा ३–३ वटा वन डे र टि ट्वान्टी क्रिकेट खेल्ने तालिका थियो।
यसअघि गत मे १७ मा जारी गरेको विज्ञप्तिमा कन्ट्रयाक्टमा रहेका खेलाडीहरुलाई क्याम्पमा राखेर सुरक्षित रुपमा यात्रा गर्नसक्ने जनाए पनि पछिल्लो समय फैलिँदै गएको कोरोना संक्रमणका कारण कुनै जोखिम नलिने जनाएको हो।
शुक्रबार जारी विज्ञप्तिमा सरकारले र बोर्ड कमिटीले गरेको निर्णयको पूर्ण पालना गर्ने जनाएको छ। बीसीसीआईले परिवर्तित अवस्थाको अध्ययन र मुल्याङकनलाई जारी राख्नेछ।

प्रतिक्रिया