खेल


ललितपुर फुटबल संघलाई कार्यवाहक अध्यक्ष तोक्न एन्फाले काट्यो पत्र

ललितपुर फुटबल संघलाई कार्यवाहक अध्यक्ष तोक्न एन्फाले काट्यो पत्र

नेपालखबर
जेठ १४, २०७७ बुधबार १०:५३,

अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुर जिल्ला फुटबल संघलाई कार्यवाहक अध्यक्ष तोक्न पत्र काटेको छ।

महासचिव शिशिर विक्रम हमालको नाममा पत्र लेख्दै एन्फाले आगामी साधारणसभासम्मका लागि कार्यवाहक अध्यक्ष तोक्न पत्रमार्फत निर्देशन दिएको हो।

एन्फाले पठाएको पत्रमा पललितपुर जिल्ला संघका अध्यक्ष पुरुषेत्तम थापालाई जेठ ५ गतेदेखि नै लागू हुने गरी अध्यक्षको जिम्मेवारीबाट हटाएको उल्लेख छ।

थापालाई विधानको धारा ३ को उपधारा २ र धारा ३६ को उपधारा १४ बमोजिम आगामी एन्फाको साधारणसभासम्मको लागि फुटबल खेलसँग सम्बन्धित एन्फा र जिल्ला फुटबल संघ समेतको सम्पूर्ण गतिविधिहरुमा संलग्न हुन नपाउने गरी अस्थायी निलम्बन गरेको एन्फाले जनाएको छ।

सो समयसम्मका लागि ललितपुर जिल्ला फुटबल संघको कार्यसमिति बैठकको निर्णयबाट कार्यवाहक अध्यक्ष तोकेर एन्फामा जानकारी गराउन पनि भनिएको छ।

अध्यक्ष थापाले गत वैशाख २२ गते ‘एन्फा डे’को दिनमा उपाध्यक्ष पंकज विक्रम नेम्वाङले फुटबलका ए, बी र सी डिभिजन क्लबको भाइबर ग्रुपमा दिएको शुभकामनामा ‘आज एन्फा डे होइन, चोरहरुको श्री गणेश डे हो’ भनेका थिए।

त्यसलाई एन्फाले मर्यादा हितविपरीतको काम भन्दै उनलाई ४८ घण्टाभित्र लिखित स्पष्टीकरण सोधेको थियो त्यसमा थापाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई अध्यक्ष पदबाट निलम्बन गरेको थियो।

थापाले भने आफूलाई गरेको कारबाही विधानविपरीत रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् र एन्फाकै अपिल कमिटीमा अपिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad