खेल


कारबाही फिर्ता लिन थापाले दिए एन्फाको अपिल कमिटिमा निवेदन

कारबाही फिर्ता लिन थापाले दिए एन्फाको अपिल कमिटिमा निवेदन

नेपालखबर
जेठ १२, २०७७ सोमबार १५:४७,

ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले आफू माथिको निलम्बन फुकुवा गर्न राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ एन्फाको अपिल कमिटीमा निवेदन दिएका छन्। 

एन्फाले आफूलाई गरेको कारबाही विधान विपरित भएको भन्दै उनले निवेदन दर्ता गराएका हुन्। गत वैशाख २२ गते एन्फा दिवसको दिनमा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले फुटबलको ए,बी र सी डिभिजनको क्लवहरु रहेको भाइबर ग्रुपमा दिएको शुभकामनामा थापाले ‘आज एन्फा डे होइन चोरहरुको श्री गणेश डे हो’ भनेर लेखेका थिए।

उनले दिएको प्रतिक्रियाको लागि एन्फाले थापासँग लिखित स्पष्टिकरण मागेको थियो। उनले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै एन्फाले जेठ ५ गते उनलाई साधारण सभासम्मको लागि निलम्बन गरेको थियो।

ललितपुर जिल्ला फुटबल संघका महासचिव ललित विक्रम हमालले लेखेको पत्रमा एन्फाको निर्णय विधान सम्मत नरहेको भन्दै सो निर्णयलाई ललितपुरले स्वीकार नगर्ने समेत बताएको छ। एन्फाको विधान विपरित कार्य फिर्ता लिन पनि संघले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad