राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले अबको एक वर्ष बैठक भत्ता नलिने घोषणा गरेका छन्।
कोभिड–१९ महामारीबाट आर्थिक क्षेत्रमा ठूलो प्रभाव परेको भन्दै नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले ट्विटरमार्फत राष्ट्रिय सभा र समितिको बैठकभत्ता नलिने बताएका हुन्।
‘आगामी वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौतीको सामना गर्नुपर्ने निश्चित छ। तर, यो स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्न सक्छ। त्यसको लागि दृढ संकल्पको खाँचो छ। पेट कसेर भएपनि देश बनाइ छाड्छौँ। दुःख गरौँ, फेरौँ,’ श्रेष्ठले लेखेका छन्, ‘..यस सन्दर्भमा म एक वर्षको राष्ट्रियसभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु।’
संघ र प्रदेशका अन्य सांसदलाई पनि यसबारे सोच्न उनले आग्रह गरेका छन्।
त्यस्तै, श्रेष्ठले ‘सांसद विकास कोष भनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रम आगामी एक वर्षका लागि भए पनि खारेज गरेर रोजगारी केन्द्रित आयोजनामा लगानी गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया