राजनीति


मदन भण्डारीबारे प्रदीप ज्ञवाली: ‘उनी न राजा थिए न प्रधानमन्त्री तर नेपाली राजनीतिमा प्रभाव छाडे’

मदन भण्डारीबारे प्रदीप ज्ञवाली: ‘उनी न राजा थिए न प्रधानमन्त्री तर नेपाली राजनीतिमा प्रभाव छाडे’

नेपालखबर
असार १४, २०८३ आइतबार १०:९, काठमाडौँ

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जननेता एवं पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको उच्च सम्मान गर्दै ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार श्रद्धासुमन प्रकट गरेका छन्। 

सामाजिक सञ्जालमा लेख्दै एमाले केन्द्रीय सदस्य ज्ञवालीले भण्डारीले कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको स्मरण गरेका हुन्।

‘मदन भण्डारी, जसले सोभियत संघको विघटनसँगै एकदमै प्रतिरक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनमा सिर्जनात्मक विकासको नयाँ धारको विकास गरे, जसले जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा, उभार र उचाइ दिए, जसले पुष्पलालले प्रतिपादन गरेको तर उनको कार्यकालमा कार्यान्वयन हुन नसकेको संयुक्त जनआन्दोलनको कार्यनीतिको सफल प्रयोग गरे ज्ञवालीले लेखेका छन्, जसले प्रगतिशील राष्ट्रवादको जग बसाल्दै राष्ट्रिय हित र स्वाभिमानका लागि सम्झौतारहित संघर्ष गरे, जसले लोकतन्त्रलाई औपचारिक होइन, सार्थक, जनमुखी र सामाजिक न्याययुक्त बनाउन निरन्तर पैरवी गरे, ७५औँ जयन्तीका सन्दर्भमा उनै मदन भण्डारीप्रति भावपूर्ण श्रद्धासुमन।’

त्यसअघि ज्ञवालीले यो पंक्ति उद्धृत गरेका छन्। 

‘उनी न राजा थिए न प्रधानमन्त्री नै। तर आफ्नो छोटो र आँधीमय जीवनमा उनले नेपाली राजनीतिमा जे प्रभाव छाडे, त्यसको अनुभूति लामो समयसम्म रहिरहने छ -द टेलिग्राफ।’

यो पनि : ओली, प्रचण्ड र माधव नेपाल आज एउटै मञ्चमा देखिँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad