नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी मंगलबार नर्वेको ट्रम्सोतर्फ प्रस्थान गरेका छन्।
वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को २५औँ वर्ल्ड कंग्रेसमा भाग लिन नर्वे प्रस्थान गरेका हुन्।
वर्ल्ड कंग्रेसमा बिहीबार नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक ठकुरीलाई ‘एम्स सोसल अवार्ड‘ प्रदान गरिनेछ। एम्सले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड‘ प्रदान गर्ने निर्णय गरेको छ।
संसारभरका रेस आयोजकमध्येबाट छनोट हुने यो एम्सको निकै प्रतिष्ठित अवार्ड हो।
यसअघि २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेसनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया), २०१९ मा हार्मोनी जेनेभी म्याराथन फर युनिसेफ (स्वीटजरल्याण्ड) ले यो अवार्ड प्राप्त गरेका थिए।
यसैबीच २६औं वर्ल्ड कंग्रेस नेपालमा आयोजनाका लागि नेपालगन्ज म्याराथनका तर्फबाट दाबी प्रस्तुति गरिने ठकुरीले जानकारी दिए।
Shares

प्रतिक्रिया