विश्वकप क्रिकेट २०१९ मा दोस्रो सेमिफाइनलमा क्रममा अष्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले बाउन्सरले हेल्मेटमा लाग्दै रगत आएपनि क्रिज छाडेनन्।
म्यानचेस्टरको ओल्ड ट्रफोर्ड ग्राउण्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अष्ट्रेलियाले १४ रनमा ३ विकेट गुमाएपछि पूर्व कप्तान स्टिभ स्मिथ र एलेक्स केरीको काँधमा टिमलाई अघि बढाउँने जिम्मेवारी आएको थियो।
यी दुईको जोडीले ५ रन जोड्न नपाउँदै जोफ्रा आर्चरको बाउन्सर एलेक्स केरीको हेल्मेटको तल्लो भागमा लाग्यो। त्यसले हेल्मेटको जाली टुट्नुका साथै एलेक्सको चिउडोमा चोट लाग्दै रगत समेत आयो। तर, रगत बगेपनि केरीले क्रिज भने छाडेनन्।
आर्चरले फालेको ८६ माइल प्रतिघण्टाको स्पिडमा आएको बल एलेक्सको हल्मेटमा लागेपछि हेल्मेट हावामा उड्यो। उक्त हेल्मेट स्टम्पमा खस्न लागेको थियो तर केरीले हातले समात्दै स्टम्पमा खस्न दिएनन्। यदि हेल्मेट स्टम्पमा खसेको भए उनी आउँट हुने थिए।
लगत्तै क्रिजमा पुगेको मेडिकल टिमले केरीको उपचार गर्यो। उनको टाउकोमा पट्टी बाधियो। पट्टी बाधेरै उनले खेले। चोटको बाबजुद उत्कृष्ट खेल प्रदर्शन गर्दै उनले स्मिथसँग मिलेर १ सय ३ रनको साझेदारी गरे। संकटमा रहेको अष्ट्रेलियन टिमलाई उठाउँदै उनले ७० बलमा ४६ रन बनाउँदै आउट भए।
भिडियोः
How cool are you on a scale of 1 - Alex Carey? #ENGvAUS ?pic.twitter.com/xJm7S0c1Ya

प्रतिक्रिया