समाज


नक्कली डीएसपी वाकीटकीसहित पक्राउ

नक्कली डीएसपी वाकीटकीसहित पक्राउ

नेपालखबर
असार २६, २०७६ बिहिबार १२:१७,

सशस्त्र प्रहरीबाट भागेका एक ब्यत्ति नेपाल प्रहरीको नक्कली डीएसपी बनेर ठगी गर्ने क्रममा पक्राउ परेका छन्।

धादिङको धुनिबेशी घर भएका नक्कली डीएसपी गजेन्द्र प्रसाद लुइँटेललाई काठमाडौंको सितापाइलाबाट बुधबार प्रहरीले पक्राउ गरेको हाे।

 उनले चन्द्रागिरी बस्ने विजय तामाङलाई प्रहरीको डिएसपी हुँ भनेर ठगेकाे प्रहरीले जनाएको छ। प्रहरीले सञ्चार सेट र त्यसको चार्जर सहित लुइटेललाइ पक्राउ गरेको हो।

लुईटेलले म नेपाल प्रहरीको सीआइबीमा कार्यरत डीएसपी हुँ मेरो सेक्युरिटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत सेयर हाल्न नगद १ लाख ६० हजार रुपैयाँ पर्छ भनि पटकपटक भेट तथा फोन समेत गरी नगद १० हजार रुपैयाँ लिएको र थप रकम माग गरेको प्रहरीले जनाएको छ।

उनको साथबाट रेडियो सेट १ थान, सो को चार्जर १ थान र नगद १० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ। उनी सशस्त्र प्रहरीका भगौडा सिपाही भएको अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका लुईटेल उपर ठगी मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad