खेल


एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

नेपालखबर
जेठ २०, २०८३ बुधबार १३:१३, काठमाडौँ

मलेसियामा सुरु एसीसी महिला प्रिमियर कपमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ। 

बुधबार भएको खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको हो। कतारले दिएको ७७ रनको लक्ष्य नेपालले १०.२ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो। 

नेपालका लागि ओपनर विन्दु रावलले सर्वाधिक ३३ रनको योगदान दिइन्। उनले ३० बलमा ४ चौका हानिन्। 

अर्की ओपनर सम्झना खड्का ६ बलमा तीन रन बनाउँदै क्याच आउट हुन पुगिन्। उपकप्तान पूजा महतो २८ र कप्तान इन्दु बर्मा ६ रनमा अविजित रहे। 

त्यसअघि मलेसियाको मान्टिनस्थित कोलेज टुआन्कु जाफर क्रिकेट ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रनमा अलआउट भयो। 

कतारका लागि ओपनर तथा कप्तान गितरुन्डु चण्डिरूले सर्वाधिक २५ रन बनाइन्। आयशाले १० रन थपिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

कतारलाई सस्तैमा रोक्न रुविना क्षेत्रीले तीन विकेट लिइन्। उनले ३.५ ओभरमा मात्र आठ रन दिइन्। कविता कुवँर, रिया शर्मा र पूजा महतोले समान एक विकेट आफ्नो नाममा गरे। 

नेपालले भोलि भुटानसँग खेल्नेछ। प्रिमियर कपमा नेपाल समूह ‘डी’मा रहेको छ। नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ छन्। 

प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रिमियर कपको सेमिफाइनलमा पुग्ने चार टोलीले एसिया कपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad