समाज


कोरोनाका कारण मृत्यु हुने गुल्मीका शिक्षकको दोश्रो रिपोर्ट पनि कोरोना पोजिटिभ

कोरोनाका कारण मृत्यु हुने गुल्मीका शिक्षकको दोश्रो रिपोर्ट पनि कोरोना पोजिटिभ

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ११:१२,

कोरोनाका कारण नेपालमा मृत्यु हुने तेस्रो व्यक्ति गुल्मीका शिक्षकको दोस्रो परीक्षणमा पनि कोरोना पुष्टि भएको छ।

बुटवलकाे क्रिमसन अस्पतालमा उपचार गराएका उनको यसअघिको रिपोर्टमा पनि कोरोना नै देखिएको थियो।

‘त्यसपछि थप पुष्टि गर्नका लागि दोहोर्‍याएर गरिएको परीक्षणको रिपोर्टमा पनि कोरोना पोजिटिभ नै देखिएको छ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले नेपालखबरसँग बताए।

दोश्रो परीक्षणका लागि बुधबार नमूना लिइएको थियो।

अवस्था गम्भीर भएपछि उनकाे केहि दिनदेखि भेन्टिलेटरमा राखि उपचार गरिएकाे थियाे। उनको बिहीबार मृत्यु भएको हो।

मृतकका आफन्तले उनको अस्पतालले दिएको मृत्युको कारणमा चित्त नबुझाई प्रष्ट कारण बताउन माग गरिरहेका थिए।

अस्पताल प्रशासन र आफन्तबीच सहमति हुन नसक्दा उनको शव उठ्न सकेको थिएन।

शुक्रबार अपरान्ह सुरक्षाकर्मीको टोलीले सो शव अन्त्येष्टिका लागि लगेको हो।

याे पनि: 
आफन्त र अस्पतालबीच विवादले कोरोनाको तेस्रो मृतकको अन्त्येष्टि भएन 

कोरोनाबाट ज्यान गुमाउने तेस्रो व्यक्तिको शव सुरक्षाकर्मीले नियन्त्रणमा लियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .