खेल


नेपाल काभा भलिबलको सेमिफाइनलमा इरानसँग पराजित

नेपाल काभा भलिबलको सेमिफाइनलमा इरानसँग पराजित

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १८:२०, काठमाडौँ

नेपाली राष्ट्रिय महिला भलिबल टोली घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। 

बिहीबार भएको खेलमा नेपाललाई पराजित गरेसँगै इरान च्याम्पियनसिपमा एक सेट पनि नगुमाई फाइनलमा पुगेको हो। 

राष्ट्रिय खेलकुद परिषदको बहुउदेश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो। इरानले घरेलु टोली नेपाललाई २५–२०, २५–१५ र २५–११ ले सहजै पराजित गरेको हो। 

पहिलो सेटको सुरुवातमा नेपालले ईरानमाथि केही दबाब बनाएको थियो। तर दोस्रो सेटमा केही कमजोर देखिएको नेपाली टोली तेस्रो सेटमा इरानसामु निरिह बन्यो। 

नेपालले अब तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ। नेपाल सेमिफाइनलबाटै बाहिरिएपछि उपाधिका लागि समूह चरणकै टोली फेरि एकआपसमा भिड्ने भएका हुन्। समूह चरणमा भएको भेटमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो। 

आजै भएको पहिलो सेमिफाइनलमा भारतलाई ३–० को सोझो सेटमा हराउँदै काजकस्तान फाइनलमा पुगेको छ। काजकस्तानले भारतलाई २५–२१, २५–१७ र २५–१४ ले सहजै पाखा लगायो। समूह चरणमा इरानले काजकस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad