ad ad

खेल


एन्फाद्वारा ललितपुर फुटबल संघ अध्यक्ष थापा निलम्बित

एन्फाद्वारा ललितपुर फुटबल संघ अध्यक्ष थापा निलम्बित

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ८:२७,

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामाजिक सञ्जालमा पदाधिकारी र फुटबल संघविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई निलम्बन गरेको छ।

गत वैशाख २२ गते एन्फा डेको अवसरमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले दिएको शुभकामना सन्देशमा थापाले अपशब्द प्रयोग गरेका भन्दै एन्फाले स्पष्टीकरण सोधेको थियो।

एन्फाले ४८ घण्टाभित्र लिखित स्पष्टीकरण दिन भन्दै थापालाई पत्र काटेको थियो। थापाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै एन्फा सचिवालय बैठकले जिल्ला अध्यक्ष थापालाई आगामी साधारणसभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

एन्फाको साधारणसभा चैत १६ गतेको लागि तय भए पनि कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .