खेल


दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १३:४७, काठमाडौँ

दीपेन्द्रसिंह ऐरीको शतकमा नेपाल आईसीसी विश्वकप लिग–२ मा यूएईसामु जितका लागि २९० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेटको क्षतिमा २८९ रनको योगफल तयार पारेको हो। नेपालका लागि दीपेन्द्रले शतक पूरा गरे। 

उनले ९४ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक पूरा गरेका हुन्। ओडीआईमा दीपेन्द्रको यो दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ मा पपुवा न्यु गिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमै शतक हानेका थिए। शतक पूरा गरेसँगै दीपेन्द्र रन आउट भए। 

ओपनर विनोद भण्डारीले ५६ रन बनाए। उनले ७९ बलमा ७ चौका प्रहार गर्दै ओडीआईमा सम्झनलायक कमब्याक गरेका हुन्। विनोदले चार वर्षपछि ओडीआई क्रिकेटमा कमब्याक गरेका हुन्। उनले पछिल्लो पटक सन् २०२२ मा स्कटल्यान्डविरुद्ध लिग–२ खेलेका थिए। 

योसँगै विनोदले नेपालका लागि ओडीआई खेल्ने अनुभवी खेलाडी बन्दै शक्ति गौचनको रेकर्ड आफ्नो नाममा गरेका छन्। यसअघि सन् २०१८ मा शक्ति गौचनले ३४ वर्षको उमेरमा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए। विनोद अहिले ३६ वर्षका भए। 

गुल्सन झा ४४ रन बनाउँदा क्याच आउट भए। छैटौँ विकेटका लागि दीपेन्द्र र गुल्सनले १०२ रनको साझेदारी गरे।

कप्तान रोहित पौडेल ४८ बलमा ३ चौका सहयोगमा ३९ रन बनाउँदा क्याच आउट हुन पुगे। ओडीआईमा डेब्यु गरेका ओपनर अर्जुन कुमाल ११ रन बनाउँदै पेभेलियन फर्के। आरिफ शेखले ११ रन नै बनाए। भीम सार्की भने शून्य रनमा नै आउट भए। 

यूएईका लागि अजय कुमार र जुनैद सिद्दिकीले समान दुई विकेट लिए। हैदर अली र खुजैमा तनविरले समान एक विकेट आफ्नो नाममा गरे। 
यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad