खेल


यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीको अर्धशतक

यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीको अर्धशतक

नेपालखबर
बैशाख १२, २०८३ शनिबार १२:१४, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ५९ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।

राष्ट्रिय टोलीका लागि उनको यो छैटौँ अर्धशतक हो। 

यूएईले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले ३४.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रन बनाएर खेलिरहेको छ। 

क्रिजमा ऐरी ५१ र सोमपाल कामी ७ रनमा अविजित छन्।

ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए।

बसिर अहमदले २०, आरिफ शेखले १५ र भीम सार्कीले १० रन थपे।

आशिफ शेखले ७ र कप्तान रोहित पौडेलले २ रन बनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad