खेल


पहिलो खेलमा नेपाली ‘ए’ टोली ओमनसँग पराजित

पहिलो खेलमा नेपाली ‘ए’ टोली ओमनसँग पराजित

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १७:१०, काठमाडौँ

ओमनसँगको पहिलो एक दिवसीय खेलमा नेपाल ‘ए’ टोली ७० रनले पराजित भएको छ।

बुधबार घरेलु टोलीलाई हराएसँगै दुई खेलको एक दिवसीय सिरिजमा ओमनले १–० को अग्रता बनाएको छ। सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ। 

ओमनले दिएको २८१ रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोली ४४.४ ओभरमा २१० रन बनाउँदा अलआउट भयो। नेपालका लागि इसान पाण्डे र अनिलकुमार शाहले अर्धशतक पूरा गरे पनि टोलीको हार टार्न सकेनन्। 

इसान पाण्डेले ५२ र अनिल शाहले ५० रनको योगदान दिए। देव खनालले ४३ र तृतराज दासले ३१ रन थपे। सन्दीप जोरा ११ रनमा पेभेलियन फर्के। 

त्यस्तै, युवराज खत्री दुई, आकाश चन्द, रासिद खान र कुशल मल्लले समान एक रन बनाए। सन्तोष यादव शून्यमै आउट भए। शेर मल्ल सात रनमा अविजित रहे। 

ओमनका लागि सकिल अहमद र हसनैन अलि शाहले समान तीन विकेट लिए। मुजिबुर अली र नदिम खानले समान दुई विकेट लिए। 

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमनले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २८० रनको योगफल तयार पारेको थियो। ओमनका लागि सर्वाधिक ७२ रन बनाएका मुजिबुर अली आकाश चन्दको बलमा बोल्ड आउट भए। 

ओपनर जतिन्दर सिंहले ५८ रन थपे। हासिर दाफेदारले ४६, आशिष ओडेडाराले २७ र विनायक शुक्लाले २५ रन बताए। जितेन कुमार रामानन्दी १७ र फैसल शाह पाँच रनमा अविजित रहे। 

नेपालका लागि आकाश चन्दले नौ ओभरमा ३१ रन दिएर चार विकेट लिए। सन्तोष यादवले दुई, साहब आलम, शेर मल्ल र रासिद खानले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad