खेल


नेपाल–यूएईबीचको खेल वर्षाले रोक्यो, कभरले ढाकियो पिच

नेपाल–यूएईबीचको खेल वर्षाले रोक्यो, कभरले ढाकियो पिच

लक्ष्मी जि.सी
बैशाख ७, २०८३ सोमबार १८:४५, काठमाडौँ

नेपाल र युएईबीचको पहिलो टी–२० आई खेल वर्षाका कारण प्रभावित भएको छ। १८.५ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको हो।

खेल रोकिँदा नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन जोडेको छ।

क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरी ३२ र सन्दीप लामिछानेले २ रनमा अविजित छन्।  खेल रोकिनुअघि ओपनर कुशल भुर्तेल ९ बलमा १ चौका र १ छक्का सहयोगमा १६ रन बनाउँदा रन आउट भए। 

अर्का ओपनर अर्जुन साउद १३ रन बनाउँदा जुनैद सिद्दीकीको बलमा बोल्ड आउट हुन पुगे।  ६ बलमा १ चौका सहयोगमा ६ रन बनाएका सन्दीप जोरा हैदर अलीको बलमा क्याच आउट भए। 

२१ बलमा १ चौका मद्धतमा १७ रन बनाएका कुशल मल्ल जुनैद जुबेरको बलमा एलबीडब्लु धरापमा परे। १४ रन बनाएका बसिर अहमद जुहेब जुबेरको बलमा मोहम्मद वसिमको हातबाट क्याच आउट हुन पुगे। गुल्सन झा १ रन बनाउँदा जुनैद सिद्दीकीको बलमा एलबीडब्लु धरापमा परे। 
नन्दन यादवले ७ बलमा २ छक्का सहयोगमा १३ रन बनाउँदा जुहेब सिद्दीकीको बलमा क्याच आउट भए। शेर मल्ल शुन्य रनमा नै पेभेलियन फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad