कारोबार


फोनेपेको सीईओमा पुन: दिवस कुमार

फोनेपेको सीईओमा पुन: दिवस कुमार

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १८:४७, काठमाडौँ

फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारलाई थप चार वर्षको कार्यकालका लागि पुनः नियुक्त गरेको छ।

दिवस कुमार यसअघि सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका छन्। उनीसँग बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक नेतृत्वमा २० वर्षभन्दा बढीको अनुभव छ। उनले फोनपेको प्रारम्भिक टोलीको एक सदस्यका रूपमा  प्रमुख प्रविधि अधिकृत (सीटीओ)को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको कम्पनीले जनाएको छ।

२०२१ मा सीईओको जिम्मेवारी सम्हालेपछि कुमारको नेतृत्वमा फोनेपे प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकबाट नेपालको विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारमा रूपान्तरण भएको छ।

उनको पाँच वर्षे कार्यकालमा हासिल गरिएका उपलब्धिहरूले कम्पनीमा रूपान्तरणको स्पष्ट संकेत दिने फोनपेले जनाएको छ। 

उनी आएपछि सञ्चालनको पहिलो वर्षमै सबै बैंक तथा वित्तीय संस्थाहरूलाई एउटै भुक्तानी सञ्जालमा जोड्दै नेपालको पहिलो ओपन लूप क्यूआर भुक्तानी प्रणाली सुरु भएको थियो। त्यसैगरीको नेतृत्वमा फोनपे नेपालको दैनिक वित्तीय जीवनको अभिन्न हिस्सा बन्न सफल भएको छ। बैंकिङ प्रणालीमा आबद्ध प्रत्येक नेपालीलाई सेवा दिँदै र देशभरका लाखौं व्यवसायहरूका लागि फोनपे क्यूआर, फोनपे डिरेक्ट, फोनपे बिल्स, फोन टीएजी र फोनपे क्रेडिट कार्ड जस्ता सेवामार्फत विकासका अवसर सिर्जना भएको कम्पनीले जनाएको छ। 

पछिल्लो समय फोनपे डिजिटल कारोबारमा तीव्र वृद्धि हासिल गर्दै दैनिक २५ लाखभन्दा बढी कारोबार संख्या र दैनिक १५ अर्ब रुपैयाँभन्दा बढी कारोबार मूल्य पार गर्न सफल भएको छ भने भारत तथा चीनका भुक्तानी सञ्जालहरूसँग एकीकरण गर्दै नेपालको क्रस-बोर्डर डिजिटल भुक्तानीको नेतृत्वमा सफल बनेको छ। त्यस्तै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्यमा फोनपे भर्चुअल क्रेडिट कार्ड सुरु गर्दै १.५ वर्षभित्र ३०,००० भन्दा बढी कार्ड जारी गर्न सफल भएको छ। देशका सबै ७७ जिल्लामा २० लाखभन्दा बढी क्यूआर टर्मिनलसहित मर्चेन्ट सञ्जाल विस्तार गर्न सफल भएको छ।

पुनः नियुक्तिपछि सीईओ दिवास कुमारले सञ्चालक समितिले आफूमाथि देखाएको विश्वास र भरोसाप्रति आभार व्यक्त गरे। 

यो नवीकरण केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपालमा डिजिटल भुक्तानी यात्रा अझै सुरुवातमै छ भन्ने कम्पनीको सामूहिक विश्वासको पुनः पुष्टि भएको उनले बताए। 

उनले भने, 'आगामी वर्षहरूमा मेरो ध्यान फोनेपेलाई केवल भुक्तानी नेटवर्क मात्र नभई प्रत्येक नेपालीलाई सेवा दिने पूर्ण वित्तीय प्लेटफर्ममा रूपान्तरण गर्ने हुनेछ। म सञ्चालक समिति, बैंकिङ साझेदार, नियामक नेपाल राष्ट्र बैंक, र सम्पूर्ण फोनेपे टोलीप्रति आभारी छु।”

अबको कार्यकालमा तीन प्रमुख रणनीतिक स्तम्भ क्षेत्रीय तथा क्रस-बोर्डर भुक्तानी अन्तरसम्बन्ध, उत्पादन तथा इकोसिस्टम विस्तार तथा नेपालका वित्तीय पहुँच कम भएका क्षेत्रहरूमा वित्तीय समावेशीकरण विस्तारमा ध्यान केन्द्रित गर्ने बताएका छन्।  

साथै, उनले फोनेपेलाई सार्वजनिक कम्पनी (आईपीओ) मा लैजाने प्रक्रियाको पनि सुपरिवेक्षण गर्नेछन्, जुन गत डिसेम्बरमा सेयरधनीहरूको स्वीकृतिपछि कार्यान्वयन चरणमा प्रवेश गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad