नेपाल क्रिकेट संघले आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपाली टोली घोषणा गरेको छ।
सोमबार क्यानले इन्दु बर्माको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो। टोलीमा पूजा महतो उपकप्तान रहेकी छन्।
नेपाली टोलीमा विन्दु रावल, सम्झना खड्का, रुवी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनिषा उपाध्याय, रुविना क्षेत्री र रचना चौधरी रहेका छन्।
प्रतियोगिता १८ अप्रिलदेखि १ मेसम्म रुवान्डामा हुँदै छ।
24
Shares

प्रतिक्रिया