खेल


क्रिकेटर करण केसीलाई पीएम कपको १ खेलमा प्रतिबन्ध, शतप्रतिशत म्याच शुल्क जरिवाना

क्रिकेटर करण केसीलाई पीएम कपको १ खेलमा प्रतिबन्ध, शतप्रतिशत म्याच शुल्क जरिवाना

नेपालखबर
चैत २९, २०८२ आइतबार १२:५७, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुलिस क्लबका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ। 

क्यानले आइतबार विज्ञप्ति जारी गर्दै करणलाई प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै एक सय प्रतिशत म्याच शुल्क जरिवाना गरेको छ।

पीएम कपमा क्रममा करणले अम्पायरहरुप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको क्यानले बताएको छ। सो अभिव्यक्ति खेल भावनाअनुरुप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालाहरुसँग समन्वय गरेर करणलाई कारबाही गरेको क्यान प्रवक्ता छुम्बी लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

करणले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति शनिबार नै क्षमा मागिसकेका थिए। करणले लेखेका छन्, ‘यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला? भनेर मजाकका रूपमा लिएको एउटा जिज्ञासा व्यक्त गरेको थिएँ। क्रिकेटमा अम्पायर, कोच र खेलाडी सबै एउटै परिवारजस्तो हुने भएकोले उक्त मजाक गरेर लेखिएको अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad