राजनीति


गोरखादेखि जितगढीसम्म सेनाको पदयात्रा : जहाँ गोर्खाली फौजले अङ्ग्रेजलाई हराएका थिए

गोरखादेखि जितगढीसम्म सेनाको पदयात्रा : जहाँ गोर्खाली फौजले अङ्ग्रेजलाई हराएका थिए

नेपाली सेनाले गोरखा–जितगढी पदयात्रामा सहभागीहरू आइतबार तनहुँको व्यास नगरपालिका–११ बेल्टारी तस्बिरः कृष्ण न्याैपाने/रासस


नेपालखबर
चैत २९, २०८२ आइतबार १२:५९, काठमाडौँ

नेपाली सेनाद्वारा आयोजित ऐतिहासिक गोरखा–जितगढी पदयात्रा आइतबार तनहुँको व्यास नगरपालिका–११ स्थित बेल्टारी आइपुगेको छ। नेपालको गौरवमय इतिहास र ऐतिहासिक पदमार्गको संरक्षण गर्ने उद्देश्यका साथ यो पदयात्रा चैत २७ गते गोरखा दरबारबाट सुरु गरिएको हो।

नेपाली सेनाले यो पदयात्रा 'नेपाल एकीकरण मार्ग' संरक्षण गर्ने अभियान अन्तर्गत सुरु गरेको हो। यसको मुख्य उद्देश्य नेपाल एकीकरणका क्रममा गोर्खाली फौजले प्रयोग गरेका पुराना बाटोहरू र ऐतिहासिक गढीहरूको संवर्द्धन गर्नु रहेको छ। विशेषगरी, नेपाल–अङ्ग्रेज युद्धका क्रममा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपाली फौजले बुटवलको जितगढीमा अंग्रेजलाई पराजित गरेको ऐतिहासिक विजयको सम्झनामा यो पदयात्रा गर्ने गरिन्छ।

सेनाले पछिल्ला केही वर्षदेखि नियमित रूपमा गोरखादेखि जितगढीसम्म पदयात्रा सञ्चालन गर्दै आएको छ। पदयात्री टोली विभिन्न ऐतिहासिक कोट र गढीहरू पार गर्दै वैशाख ७ गते बुटवलको जितगढी पुगेर समापन गर्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad