खेल


कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

नेपालखबर
चैत २९, २०८२ आइतबार १२:२, काठमाडौँ

गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ अप्रिल १० र ११ मा प्रतिष्ठित रोयल नेपाल गल्फ कोर्स मा सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी भएका थिए।

प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड फर्म्याट मा ¾ ह्यान्डिक्याप का आधारमा खेलाइएको थियो। पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बने भने अश्मांक कार्की समान ४८ काउन्टब्याक स्कोरसहित रनर-अप भए।

बेस्ट ग्रस विनर को उपाधि  हरि बहादुर थापा ले ३५ स्कोरसहित जिते। महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरसहित रनर-अप रहिन्।

सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता तथा क्याप्टेन मोहन गुरुङ रनर-अप बने। सुपर सिनियर (७५ वर्षमाथि) तर्फ क्याप्टेन मणि लाल थापा विजेता बने।

महिलातर्फ सिनियर (६० वर्षमाथि) मा  देवी पुलामी तथा सुपर सिनियर (७० वर्षमाथि) मा  सन्ध्या राई विजेता घोषित भए।

विशेष विधातर्फ हरि बहादुर थापा ले होल नम्बर १२ मा होल इन वान गर्दै प्रतियोगिताको विशेष आकर्षण बने। मस्ट बर्डिज अवार्ड  कर्बिर तामाङ ले ४ बर्डीसहित जिते।

त्यस्तै, लंगेस्ट ड्राइभ (होल११) मा  सरोज थापा, क्लोजेस्ट टु द पिन (होल १२) मा  खिम गौचन, तथा स्पोर्ट्सम्यानसिप प्राइज ब्रिगेडियर जनरल शशि किरण रायमाझी ले प्राप्त गरे।

प्रतियोगितामार्फत कार्ल्सबर्गले स्पोर्ट्सम्यानसिप, क्यामराडेरी र प्रिमियम स्पोर्टिङ लाइफस्टाइलप्रति आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको आयोजकले जनाएको छ। रोयल नेपाल गल्फ कोर्समा सम्पन्न यस प्रतियोगिताले सहभागीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धासँगै कार्ल्सबर्ग सिग्नेचर ब्रान्ड एक्सपिरियन्स प्रदान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad