राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)लाई सम्बोधन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाइएको निलम्बन फिर्ता लिन तयार रहेको बताएको छ।
राखेपले एन्फामा सरकारी हस्तक्षेप नगरेको स्पष्टीकरण दिँदै फिफासमक्ष फुटबलको अन्तर्राष्ट्यि प्रावधानका साथै राष्ट्रिय कानुनी व्यवस्थालाई पनि ध्यान दिएर सहमतिमा फुटबल गतिविधि अघि बढाउने प्रस्ताव गरेको हो।
राखेपले यसका लागि फिफा, एसियाली फुटबल महासंघ (एएफसी), एन्फा र राखेप सँगै बसेर सहमतिमा पुग्ने प्रस्ताव गर्दै एन्फामाथि दबाब वा हस्तक्षेप नगरिएको दाबी गरेको छ।
राखेपले चैत ११ गते एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो। एन्फालाई निलम्बन गरेपछि फिफा, एएफसी र एन्फाले लेखेको पत्रको जवाफ दिँदै राखेपले सरोकारवालाहरुबाट संयुक्त समीक्षा आवश्यक रहेको बताएको हो।
पत्रमा एन्फाको साधारणसभाको निर्णय र लागू विधानलाई ध्यानमा राख्दै निर्वाचनको समय र प्रक्रियासम्बन्धी सहमति तयार गर्न छलफल आवश्यक रहेको बताएको छ।
अन्तर्राष्ट्रिय निलम्बनको डिलमा नेपाली फुटबल
राखेपले पत्रमा आपसी सहमतीमा एन्फामाथि लगाइएको प्रतिबन्ध हटाउन तयार रहेको समेत उल्लेख गरेको छ। राखेपले कानुनको पालना गर्दै नेपाली फुटबलको स्वायत्ततालाई समर्थन गर्न प्रतिबद्ध रहेको समेत बताएको छ।
राखेपले एन्फाको धुलिखेलमा भएको साधारणसभाबाट भएको निर्णयविपरीत एन्फाले निर्वाचन गर्न लागेको राखेपले बताएको छ। विधानको पालना र संस्थागत इमानदारिता कायम राख्न निर्वाचन स्थगित गर्ने निर्णय गरेको राखेपको दाबी छ।
यस्तो छ राखेपको पत्र

प्रतिक्रिया