अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले कोरोना भाइरस महामारीसँग जुध्न ८० करोड डलरको कोष स्थापना गरेको छ।
कोरोना भाइरसको कारण विश्व खेलकुदका गतिविधि अस्तव्यस्त भइरहँदा महामारीले पार्ने आर्थिक समस्यासँग जुध्न कोष खडा गरिएको हो।
आईओसीका अध्यक्ष थोमस वाखले यसले महामारीका बीच ठूलो सहयोग हुने बताए। कोरोना भाइरसकै कारण ओलम्पिक १ वर्षका लागि स्थगित भइसकेको छ। कोषको रकममध्ये ६५ करोड डलर स्थगित खेलहरुको लागि प्रयोग गरिने अध्यक्ष वाखले बताएका छन्।
बाँकी १५ करोड डलर पुनः आयोजनाका लागि अन्तर्राष्ट्रिय खेल महासंघ र ओलम्पिक समितिको लागि खर्च हुनेछ। आफूहरुले खेल र खेलाडीको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने आईओसीले जनाएको छ।
प्रतिक्रिया