ad ad

राजनीति


लकडाउनलाई प्रभावकारी बनाउन उच्चस्तरीय समितिमा छलफलका लागि विज्ञ बोलाइयो

लकडाउनलाई प्रभावकारी बनाउन उच्चस्तरीय समितिमा छलफलका लागि विज्ञ बोलाइयो

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ८:०,

लकडाउनलाई प्रभावकारी बनाउने विषयमा विज्ञसमूह सहित उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ।

शुक्रबार मध्यान्हदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकमा लकडाउनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको उपप्रधानमन्त्री एवं कोभिड १९ रोकथाम, नियन्त्रण एवं उपचार उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको सचिवालयले जनाकारी दिएको छ।

‘लकडाउनलाई कसरी प्रभावकारी र व्यवस्थित बनाउन सकिन्छ भनेर विज्ञ टोलीसहित उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ’, सचिवालय स्रोतले नेपालखबरसँग भन्यो, ‘अहिले विज्ञहरुले आफ्नो सुझाब राखिरहनुभएको छ।’ 

सरकारले लकडाउनलाई केही खुकुलो पारेको केही समयमै नेपालमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएपछि सरकार लकडाउनको मिति थपेर थप कडा बनाउने तयारीमा रहेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमनत्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पारेकोमा चिन्ता व्यक्त गरेका थिए। नेपालजस्तो देशमा कोरोनाको संक्रमण फैलिन नदिने उकमात्र उपाए भनेको लकडाउन भएको भन्दै प्रधानमनत्री ओलीले लकडाउनमा कडाइ गर्नुपर्ने बताएका थिए।

राजधानी काठमाडौँ लगायत देशभर कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले यसअघि प्रशासनबाट जारी भएका सबै सवारी पास खारेज गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .