खेल


सुपर ओभरमा लुम्बिनीसँग एपीएफ पराजित

सुपर ओभरमा लुम्बिनीसँग एपीएफ पराजित

नेपालखबर
चैत १८, २०८२ बुधबार १८:६, काठमाडौँ

विभागीय टोली एपीएफलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। 

जारी पीएम कपमा पहिलो पटक सुपर ओभरमा निर्णय भएको हो। यो जितसँगै लुम्बिनी ५ अंक जोडेर पाचौँ स्थानमा पुगेको छ। अहिलेसम्म लुम्बिनीले २ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेको छ। 

पीएम कपमा जितका लागि संर्घष गरिरहेको एपीएफले एक खेलमा जित, एक खेलमा अंक बाँड्दा ३ खेलमा हार भोगेको छ। 

एपीएफले दिएको १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३४ ओभरमा १२४ रन बनाउँदा अलआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो। लुम्बिनीका ओपनर तथा कप्तान देव खनालले ४५ रनको सर्वाधिक योगदान दिए। आकाश त्रिपाठीले ३२ र दर्श सोनारले १६ रन थपे। 

एपीएफका रोहित पौडेलले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २ मेडन राख्दै २८ रन खर्चे। अविशेक गौतम, भुवन कार्की र युवराज खत्रीले समान २ विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफ ३९.४ ओभरमा १२४ रन बनाउँदा अलआउट भयो। एपीएफका अविशेक गौतमले २८, दिपक बोहोराले २०, सन्दीप जोरा र लोकेश बमले समान १५ रन थपे। कमल ऐरीले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

लुम्बिनीका अजय चौहानले ४ विकेट लिए। सन्तोष यादवले ३, निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad