अञ्जन विष्ट ट्रेनिङ सेन्टरले नेक्स्ट जेन बुट क्याम्प आयोजना गर्ने भएको छ।
राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले सेन्टरको मुख्य प्रायोजक आवर्ण ग्रुपसँग मिलेर १० दिने विशेष फुटबल प्रशिक्षण कार्यक्रम नेक्स्ट जेन बुट क्याम्प आयोजना गर्न लागेको हुन्।
सेन्टरले आज मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै ८ देखि १६ वर्ष उमेर समूहका युवा खेलाडीहरूको प्रतिभालाई विकास गर्दै उनीहरूको खेल कौशल सुधार गर्न लङ टर्म भिजनको सुरुवात गरेको जानकारी दिएको हो।
क्याम्प चैत्र २१ देखि ३० गतेसम्म ललितपुरको बुद्धिविकास फुटबल मैदानमा हुनेछ। बिहान ८ देखि १० बजेसम्म प्रशिक्षण हुनेछ।
बुट क्याम्पमा एएफसी र फिफा लाइसेन्स प्राप्त प्रशिक्षक सनोज श्रेष्ठ, निशानभक्त श्रेष्ठ, रुपेश केसी र विदेशी प्रशिक्षक एरिक बोल्वे म्युटुले प्रशिक्षण दिनेछन्।
१० दिनको बुट क्याम्पले फुटबलको बेसिक लेभलदेखि खेलाडीको खेल कौशल अनुसारका प्रशिक्षण र खेल अनुसासन, मेहनत र धैयर्ता जस्ता कुरा सिकाइले बताइएको छ। यस्तै, राष्ट्रिय खेलाडीको अनुभव र हौसला वृद्धीक लागि विशेष कक्षा पनि सञ्चालन गरिनेछ।
क्याम्पमा सहभागी हुन ८ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ। जसमा खेलाडीले जर्सीसहित खेल सामाग्री हरेक दिनको खाजा, प्रमाणपत्र र गिफ्ट भौचर पाउनेछन्।
Shares

प्रतिक्रिया