खेल


हिमालय चितुवाले जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि, राखे विश्व कीर्तिमान

हिमालय चितुवाले जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि, राखे विश्व कीर्तिमान

नेपालखबर
चैत १५, २०८२ आइतबार १४:५४, काठमाडौँ

बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न सफल भएका छन्। बक्सिङ खेल क्षेत्रमा ‘हिमालय चितुवा’बाट विश्वपरिचित उनी ‘के वान क्रस’ को उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन्।  

जापानको टोकियो सहरमा शनिबार भएको सो प्रतियोगितामा हिमालय चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित गर्दै पुनःदोस्रोपटक ‘टाइटल बेल्ट’को उपाधि रक्षा गरेका हुन्। ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’लाई बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ। 

हिमालय चितुवाका पिता एवं बक्सर देव घिमिरेले दिएको जानकारीअनुसार अविरलले उक्त प्रतियोगिताको तेस्रो राउण्डको दोस्रो मिनेटमा जापानी खेलाडी रिकुले नकआउट गर्न सफल भएका थिए। 

टोकियो नागोयास्थित विश्व प्रसिद्ध एवं प्रतिष्ठित ‘हिट किक बक्सिङ  क्लब’मार्फत  हिमालय चितुवाले खेल्दै आएका छन्। हालसम्म उनीले तीनपटक हिट किकबक्सिङ तीनपटक टाइटल डिफेन्स गर्दै चार पटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) टाइटल र केवान क्रस १७५ टाइटल जित हासिल गरिसकेका छन्। 

साथै हालसम्म २५ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ मा जित निकाल्ने क्रममा १८ वटामा नकआउट गरी जित आफ्नो पक्षमा ल्याउने उनी पहिलो नेपाली बक्सर हुन्। साथै,  हालसम्म यस्ता उपाधि हासिल गर्ने उनी पहिलो नेपाली बक्सर भएर नयाँ इतिहास कायम गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad