खेल


कमल श्रेष्ठले जिते प्रथम विश्व अनलाइन पुम्सेमा स्वर्ण पदक

कमल श्रेष्ठले जिते प्रथम विश्व अनलाइन पुम्सेमा स्वर्ण पदक

नेपालखबर
जेठ १, २०७७ बिहिबार ४:२२,

नेपालका खेलाडी कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

फ्रान्समा जारी च्याम्पियनसिपमा कमलले ३० वर्षमुनिको विधामा स्वर्ण पदक जितेका हुन्। कमलले ७.६७ अंकका साथ स्वर्ण पदक जितेका हुन्।

गत मंसिरमा घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि उनले स्वर्ण पदक जितेका थिए। सो विधामा नै सागकै कास्य पदक विजेता जितबहादुर बोटेले रजत र प्रेमबहादुर लिम्बुले कास्य पदक जितेका छन्। प्रेमसँगै फ्रान्सका मोहम्मद गुड्रीले कास्य पदक जिते।

जितबहादुरले ७.५४ र प्रेमले ७.५० अंक बटुलेका थिए। सोही विधामा अर्का नेपाली सुरेन्द्रबहादुर महरा नवौं स्थानमा रहे। महिला ३० वर्ष मूनिको विधामा पार्वती गुरुङले रजत पदक जितेकी छिन्। अमेरिकी खेलाडीले स्वर्ण पदक जितेकी थिइन्।

अमेरिकी खेलाडीले ७.३२ अंक जोड्दा पार्वतीले भने ७.३ अंक बटुलेकी थिइन्। सोही विधामा नेपाली सिता तामाङ १२ औं स्थानमा रहिन्। च्याम्पियनसिपमा भाग लिनका लागि खेलाडीका तर्फबाट लक्ष्मण ऐर क्षत्री र नेपाल तेक्वान्दो संघका तर्फबाट सचिव एवंम् प्रवक्ता दीपक विष्टले संयोजन गरेको लक्ष्मणले जानकारी दिए।

लक्ष्मण आफैं अनलाइन च्याम्पियनसिपको ५० वर्ष मुनिका प्रतिस्पर्धी हुन्। उनको खेल हुन बाँकी छ। २७ देशका खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले भाग लिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .