ad ad

खेल


इटालियन सिरी ए फुटबल पुनः सुरु गर्ने तयारी

इटालियन सिरी ए फुटबल पुनः सुरु गर्ने तयारी

नेपालखबर
जेठ १, २०७७ बिहिबार ४:१०,

इटालियन सिरी ए फुटबल जुन दोस्रो साता पुनः सुरु गर्ने तयारी गरिएको छ। इटाली सरकारले अनुमती दिएमा सिरी ए जुन १३ तारिख सुरु गर्ने तयारी गरिएकाे हो।

भिडियो कन्फ्रेन्समार्फत भएको लिगको साधारण सभाले सरकारी निर्णय र मेडिकल प्रोटोकलका आधारमा लिग पुनः सुरु गर्न सकिने बताएको हो।

सिरी ए हुने सम्भावनाका कारण शीर्ष डिभिजनका क्लब मेको सुरुबाट अभ्यासमा फर्कंदा खेलाडी पनि व्यक्तिगत अभ्यासमा छन्। क्लबको सामूहिक अभ्यास सोमबार सुरु हुनेछ।

कोरोना भाइरसका कारण सिरी ए गत मार्च ९ देखि अनिश्चित समयका लागि स्थगन गरिएको थियो। लिगका १२ चरणका खेल बाँकी रहँदा युभेन्ट्स लगातार नवौंपटक उपाधि रक्षामा देखिएको छ। सिरी एको २६ चरणको खेल सकिँदा युभेन्टस ६३ अंकमा शीर्ष र लाजियो ६२ अंकमा दोस्रो स्थानमा छन्।

गत साता मात्र फ्लोरेन्टिनाका खेलाडी तथा ३ स्टाफलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो। यस्तै टोरिनोका खेलाडीमा समेत कोरोनाको संक्रमण देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .