खेल


प्रधानमन्त्री कप क्रिकेटः कर्णालीलाई पराजित गर्दै सुदूरपश्चिमको विजय सुरुवात

प्रधानमन्त्री कप क्रिकेटः कर्णालीलाई पराजित गर्दै सुदूरपश्चिमको विजय सुरुवात

नेपालखबर
चैत ९, २०८२ सोमबार १७:८, काठमाडौँ

हेमन्त धामीको घातक बलिङमा कर्णाली प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजय सुरुवात गरेको छ। 

पहिलो खेलमा अंक बाँडेको कर्णालीले भने पहिलो हार व्यहोरेको हो। 

सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो। 

कर्णालीले दिएको १ सय २० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। 

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले बनाएको २६ रन नै सर्वाधिक रह्यो। खडक बोहोराले २३ रन थपे। कप्तान शेर मल्ल १० र मिलन बोहोरा १८ रनमा अविजित रहे। 

अनुज चुनारा र दिवान पुनले समान २ विकेट लिए। प्रकाश जैसी र दिपेन्द्र रावतले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली प्रदेश ३२ ओभरमा १ सय १९ रनमा समेटियो। 

कर्णालीका विपिन रावलले ३३ रन बनाए। सुमिल धमालाले २८ र अरविन्द घर्तिले १३ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कर्णालीलाई कम स्कोरमा रोक्न सुदुरपश्चिमका हेमन्त धामीले ६ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दै १६ रन दिए। 

शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad