अखिल नेपाल फुटबल संघ (एन्फा)मा क्लबहरुले तालाबन्दी गरेका छन्।
एकपक्षीय रुपमा शहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्न लागेको भन्दै सोमबारदेखि रिले अनशन थालेका क्लबहरुले एन्फा कम्प्लेक्सको मूलढोकामा ताला लगाएका हुन्।
दिउँसो एन्फा र क्लबहरुबीच वार्ता भए पनि सहमति हुन नसकेपछि क्लबहरुले अनशन थालेका थिए। भोलि बिहान ७ बजेदेखि पुन: रिले अनशन गर्ने एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।
उनी हिमालयन शेर्पा क्लबका अध्यक्ष हुन्।
87
Shares

प्रतिक्रिया