खेल


टी-२० विश्वकपः सेमिफाइनल पुग्न भारत र वेस्ट इन्डिजबिच निर्णायक भिडन्त

टी-२० विश्वकपः सेमिफाइनल पुग्न भारत र वेस्ट इन्डिजबिच निर्णायक भिडन्त

नेपालखबर
फागुन १७, २०८२ आइतबार ११:१५, काठमाडौँ

आईसीसी टी–२० विश्वकपमा आज (आइतबार) सुपर ८ का अन्तिम २ खेल हुँदैछन्। 

आजको खेलपछि विश्वकपको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लाग्नेछ। सुपर ८ अन्तर्गत दिनको पहिलो खेलमा आज शीर्ष स्थानको दक्षिण अफ्रिका र पुछारको जिम्बाबे भिड्नेछन्। 

सुपर ८ को अन्तिम खेलमा दोस्रो स्थानको वेष्ट इण्डिज र तेस्रो स्थानको भारत भिड्नेछन्। यो खेल कोलकताको इडेन गार्डेनमा साँझ सबा ७ बजे सुरु हुनेछ। 

अंक तालिकामा समान २ अंक भएका वेष्ट इण्डिज र भारतको बीचको खेलको विजेताले सिधै सेमिफाइनलमा स्थान पक्का गर्नेछ। 
यी दुई टोलीले सुपर ८ मा समान एक खेलमा हार र १ खेलमा जित निकालेका छन्। नेट रनरेटमा भने वेष्ट इण्डिज भारतभन्दा अघि छ। 

सेमिफाइनलमा पुग्नका लागि आजको खेलमा दुबै टोलीलाई जितको आवश्यक्ता छ। यो खेलमा हार भोग्ने टोली सेमिफाइनल दौडबाट बाहिरिनेछ। 

त्यसैले भारत र वेष्ट इण्डिज दुबै टोली नतिजा आफ्नो पक्षमा पार्न प्रयासरत हुनेछन्। आजको खेलमा भारत पराजित भए विश्वकप आयोजक दुबै टोली सेमिफाइनलबाट बाहिरिनेछन्। यसअघि विश्वकप आयोजक श्रीलंका सेमिफाइनलबाट बाहिरिसकेको छ।

भारत र वेष्ट इण्डिज २०२३ पछि पहिलो पटक आमनेसामने हुन लागेका हुन्। २०२३ मा भएको पाँच भेटमा वेष्ट इण्डिजले तिन खेल आफ्नो पक्षमा पारेको छ। २ खेल भने भारतले जितेको छ। 

त्यसअघि आजै हुने पहिलो खेलमा सेमिफाइनलमा पुगिसकेको दक्षिण अफ्रिका र अनितम चारको दौडबाट बाहिरिसकेको जिम्बाबे भिड्दैछन्। यो खेल भारतको दिल्लीस्थित अरुण जायन्टली स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुनेछ। 

सुपर ८ का दुबै खेलमा हार भोगेको जिम्बाबे आजको खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा सुखद अन्त्य गर्न चाहान्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad