राजनीति


काठमाडौँ-९: कांग्रेस उम्मेदवारलाई जसपाको समर्थन, रणवीरलाई खादाले सम्मान

काठमाडौँ-९: कांग्रेस उम्मेदवारलाई जसपाको समर्थन, रणवीरलाई खादाले सम्मान

नेपालखबर
फागुन १७, २०८२ आइतबार ११:२३, काठमाडौँ

काठमाडौँ-९ मा  जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रणवीर सिंह क्षेत्रीले नेपाली कांग्रेसकी उम्मेदवार नानु बाँस्तोलालाई समर्थन गरेका छन्।

जसपा उम्मेदवार क्षेत्रीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार बाँस्तोलालाई समर्थन गरेको हुन्।

आफूलाई समर्थन गरेपछि कांग्रेस उम्मेदवार बाँस्तोलाले रणवीरलाई खादा लगाएर सम्मान गरेकी थिइन्।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ-९ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्।

काठमाडौँ-९ मा ३४ वटा मतदान स्थल र ९० वटा मतदान केन्द्र छन्।

यो क्षेत्रमा ७८ हजार चार सय ९५ मतदाता छन्।

गत निर्वाचनमा  काठमाडौँ-९ जसपाका उम्मेदवार शर्मिला सुवाल (डंगोल) ७ सय ९२ मत पाउँदा समानुपातिकतर्फ ४ सय ७१ मत पाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad