शोतोकान करातेको स्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित टेक्निकल सेमिनार तथा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।
निहोन शोतोकान करातेका प्रतिष्ठित गुरु ९औँ डान प्राप्त, शोतोकान विश्व च्याम्पयिन (सन् १९८८ कुमिते तर्फ) तथा पहिलो गैर-जापानी अन्तर्राष्ट्रयिय प्रशक्षिक पेम्बा तामाङको नेतृत्वमा सेमिनार भएको हो। मेमिनारमा देशभरका कराते खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको थियो।

कार्यक्रममा सुजुकि शिहान तामाङले करातेका आधारभूत सिद्धान्त किहोन, काता र कुमिते (फाइट) का सूक्ष्म प्राविधिक पक्षबारे प्रशिक्षण दिएकी थिइने। ‘सन्तुलन, गति र शक्ति , तथा सही टाइमिङ’ करातेको आत्मा भएको उल्लेख गर्दै खेलाडीलाई अनुशासन, आत्मविश्वास र शोतोकान करातेको दर्शन आत्मसात गर्न उनले प्रेरित गरिन्।
सेमिनार पश्चात भएको ग्रेडिङ कार्यक्रममा विभिन्न तहका कराते खेलाडीले क्षमता प्रदर्शन गरेका थिए। मूल्याङ्कनमा आधारभुत, शरीर सन्तुलन, शक्ति नियन्त्रण तथा मानसिक दृढतालाई विशेष आधार बनाइएको थियो। कार्यक्रममा ६औँ डानका लागि मुना आले मगर र अन्य विभिन्न डानका लागि ९ जनाले ग्रेडिङमा भाग लिएका थिए।
Shares

प्रतिक्रिया