आईसीसी टी-२० विश्वकपमा साविक विजेता भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ। सुपर-८ अन्तर्गत समुह-१ को पहिलो खेलमा गए राति दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएपछि भारतको अपराजित यात्रामा पूर्णविराम लागेको हो।
भारतको हारसँगै दक्षिण अफ्रिका सुपर-८ मा थप बलियो बनेको छ। दक्षिण अफ्रिकाले विश्वकपमा अपराजित यात्रालाई कायम राख्ने क्रममा भारतलाई हराएको हो।
योसँगै दक्षिण अफ्रिकाले सन् २०२४ को विश्वकप फाइनलमा भारतसँग भोगेको हारको बदला समेत लिएको छ। अमेरिका र वेस्ट इन्डिजमा २०२४ को भएको विश्वकपमो फाइनलमा दक्षिण अफ्रिका भारतसँग ७ रनले पराजित भएको थियो।
दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा १११ रनमा समेटियो। भारतका १० खेलाडी लामो सट खेल्ने धुनमा क्याच आउट हुन पुगे।
समूह चरणमा भारत समुह ‘ए’ र दक्षिण अफ्रिका समूह ‘डी’को विजेताको रुपमा सुपर-८ मा पुगेका थिए। समूह चरणबाट भारत र दक्षिण अफ्रिकासँगै समूह ‘सी’बाट दक्षिण अफ्रिका र जिम्बाबे अपराजित टोलीको रुपमा सुपर-८ मा पुगेका थिए।
सुपर-८ मा चारै अपराजित टोली समूह-१ मा रहेका छन्। समूह-१ मा दक्षिण अफ्रिका २ अंकमा तालिकाको शीर्ष स्थानमा छ। भारत दोस्रो स्थानमा रहेको छ। वेस्ट इन्डिज र जिम्बाबे तेस्रो र चौथो स्थानमा छन्।
समूह-२ मा इंग्ल्यान्ड २ अंकमा तालिकाको शीर्ष स्थानमा छ। समान एक अंक भएको न्यु जिल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ। अंकविहीन श्रीलंका तालिकाको पुछारमा छ।
Shares

प्रतिक्रिया