धादिङमा गएराति भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आकस्मिक बैठक बोलाएका छन्।
मन्त्री अर्याल, सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारिसहितको बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बैठकले घाइतेहरुको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शिघ्र प्रतिवेदन बुझाएर यथाशिघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ।
यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ।
आगामी दिनमा सडक दुर्घटना न्यूनीकरणका लागि कडाइकासाथ कानून कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालस सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ।
सडक दुर्घटनाबाट हुने मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षामा बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन र कडाईकासाथ नियमन गर्न पनि निर्देशन दिए।
निर्वाचन सुरक्षा चुस्त गर्नुपर्ने समयमा ठूला सवारी दुर्घटनाले सुरक्षामा चुनौति थपिनसक्ने खतरा र्औल्याउदै उनले बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वका लाग्न सबै सरोकारवालाहरुलाई आग्रह गरे।
गृहमन्त्री अर्यालले भने, ‘सडक र नागरिकको सुरक्षामा हेलचेक्र्याई गरिनु हुँदैन। कसैलाई पनि दण्डहीनता क्ष्याम्य हुनेछैन। सडक सुरक्षालाई मजबुद बनाउन सबै निकायहरु जिम्मेवारी भएर लाग्नुपर्छ। सडक दुर्घटना सम्बन्धी बनेका विभिन्न छानबिन समिति र अध्ययन प्रतिवेदनको कार्यान्वयन गरिनेछ। राजमार्गको ट्राफिक व्यवस्थापन, सडक नियमन र अनुगमनलाई प्रभावकारी बनाइने छ।’
छलफलबारे मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घाईतेको उपचारमा कुनै कमि हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गरेको बताए। निर्वाचनको समयमा सुरक्षा संवेदनशिलतालाई ख्याल गरेर यातायात व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन सबै सरोकारवालालाई सक्रिय र जिम्मेवार बनाउने बैठकले निर्णय गरेको छ।
पृथ्वी राजमार्ग अन्तगर्त पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको बस गएराति १ बजेर ३० मिनेट जाँदा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।
२५ जना घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया