आईसीसी टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्ध नेपाली टोलीले सम्हालिएर ब्याटिङ गरिरहेको छ।
मुम्बइको वानखेडे स्टेडियममा इटालीले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरिरहेको नेपाली टोलीले पावर प्लेमा १ विकेटको क्षतिमा ४६ रन बनाएर खेलिरहेको छ।
क्रिजमा ओपनर आशिफ शेख १७ र कप्तान रोहित पौडेल २२ रनमा अविजित छन्। आशिफले १५ बलमा २ चौका हानेका छन्। कप्तान रोहितले १० बलमा २ छक्का प्रहार गरे।
त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल ५ रन बनाउँदै आउट भए। १० बलमा एक चौका हानेका कुशल अली हसनको बलमा जस्टीन मोस्काको हातबाट क्याच आउट हुन पुगे।
सुपर ८ पुग्ने सम्भावना कायम राख्न नेपाली टोलीलाई फराकिलो जितको आवश्यकता छ।
69
Shares

प्रतिक्रिया