नेपालको राष्ट्रिय झण्डासहित मुम्बईमा नेपाली क्रिकेटका समर्थकहरू पुगेका छन्।
आईसीसी पुरुष टी२० विश्वकपमा इंग्ल्यान्डसँग नेपालले भिड्नुअघि नेपाली दर्शकहरु मुम्बई आइपुगेका हुन्।
ग्रुप सीमा रहेको नेपालले इंग्ल्यान्डविरुद्ध खेलेर विश्वकपको यात्रा सुरु गर्नलागेको हो।
पहिलो खेल हेर्न नेपाली समर्थकहरुको भिड क्रमशः बढ्दो क्रममा छ। उनीहरुले राष्ट्रिय क्रिकेट टोलीको जर्सी, शिरमा ढाकाटोपी र राष्ट्रिय झण्डा बोकेका छन्।
नेपालले इतिहासमै पहिलोपटक इंग्ल्यान्डसँग खेल्नलागेको हो। नेपालले समूह चरणका आफ्ना सबै खेल वानखेडे स्टेडियममा नै खेल्नेछ। ग्रुप सीमा इंग्ल्यान्डसहित नेपालले वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।
तस्बिरमा हेर्नुहोस्





















21
Shares

प्रतिक्रिया