समाज


३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अन्य दुर्घटनामा थप ५ जनाले ज्यान गुमाए

३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अन्य दुर्घटनामा थप ५ जनाले ज्यान गुमाए

नेपालखबर
माघ २५, २०८२ आइतबार १४:३, काठमाडौँ

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्। 

सर्लाहीको मलंगवा नगरपालिका-११ गम्हरियामा नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा मलंगवा नगरपालिका-७ बस्ने २० वर्षीय सन्तोष राय छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अर्का १ जनाको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

मोटरसाइकलमा तीन जना सवार थिए। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरि सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ खुन्द्रुकमा टिपर दुघैटना हुँदा चालकको मृत्यु भएको छ। 

सुकुटेबाट गोल्छेतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ ख १३२१ नम्बरको टिपर दुर्घटना हुँदा  चालक लिसंखु पाखर गाउँपालिका-६ पेड्कु बस्ने ४० वर्षीय सिताराम भण्डारीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यसैगरि चितवनको भरतपुर महानगरपालिका-१६ छाहारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २८ वर्षका युवकको मृत्यु भएको छ। 

ना.६ ख ६३१६ नम्बरको मिनि ट्रकले ना.३१ प २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१६ बस्ने २८ वर्षीय कुल बहादुर मगरको मृत्यु भएको हो। 

 दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरि कैलालीको लम्कीचुहा नगरपालिका-५ तिकलपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३२ वर्षीय युवकको मृत्यु भएको छ। 

रा.६ प ३१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक लम्की चुहा नगरपालिका-५ बस्ने ३२ वर्षीय दिपेन्द्र रावलको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि रामेछापको मन्थली नगरपालिका(१मा बोलेरो गाडीको ठक्कर बाट एक शिशुको मृत्यु भएको छ। 

बा.प्र.०२८ च १२७४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने कुमार श्रेष्ठका छोरा १६ महिनाको क्रिजल श्रेष्ठको मृत्यु भएको हो। 

शनिबार दिउँसो गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मन्थली अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरि तनहुँको म्याग्देमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

म्यादे गाउँपालिका-२ पसेलस्थित सडकमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.२ च ९४९४ नम्बरको जिपको ठक्करबाट पैदलयात्री व्यास नगरपालिका-२ घर भएकी ५२ वर्षीया जीवन माया विकको मृत्यु भएका हो। 

शनिबार बिहान जिपले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि  प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ। यी सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad