खेल


टी–२० विश्वकप: पाकिस्तानको कठिन तर विजयी सुरुवात

टी–२० विश्वकप: पाकिस्तानको कठिन तर विजयी सुरुवात

लक्ष्मी जि.सी
माघ २४, २०८२ शनिबार १५:३, मुम्बई (भारत)

नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले भारत र श्रीलंकामा सुरु आइसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। 

श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्डसलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो। 

नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ३ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो। पाकिस्तानको जितमा ओपनर साहिवजादा फरहानले सर्वाधिक ४७ रनको योगदान दिए। 

फहिम असरफ २९ रनमा अविजित रहे। सैम अयुब २४, बाबर अजाम १५ र कप्तान सलमान आगा १२ रनमा पेभेलियन फर्के। 

नेदरल्यान्ड्सका लागि आर्यन दुत र पाउल भान मिकेरेनले समान २ विकेट लिए। 

त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स १ बल अगावै १ सय ४७ रनमा अलआउट भयो। 

नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डस्ले सर्वाधिक ३७ रन बनाए। बास डे लिडले ३०, माइकल लेविटले २४ र कोलिनले २० रन थपे। 

पाकिस्तानका सलमान मिर्जाले ३ विकेट लिए। मोहम्मद नवाज, अवरार अहमद र सैम अयुवले समान २ विकेट आफ्नो नाममा गरे। 

विश्वकपमा आज शनिबार नै वेष्ट इन्डिज र स्कटल्यान्ड तथा भारत र अमेरिका खेल्नेछन्। आइतबार नेपाल र इंग्ल्याण्डबीचको खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad