नेपाली कांग्रेसले वरिष्ठ अभिनेता सुनिल थापाको निधनमा शोक प्रकट गरेको छ।
कांग्रेस सभापति गगन थापाले उाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सुनिल थापा ‘राते काइला’ को निधनको खबरले आफूलाई स्तब्ध र दुःखीत बनाएको बताएका छन्।
‘नेपाली र भारतीय चलचित्रमा सशक्त भूमिका निर्वाह गर्नु भएका थापाको निधनबाट सम्पूर्ण चलचित्र उद्योगले अपूरणीय क्षति व्यहोरेको छ। अभिनय, मोडलिङ, खेलकूद तथा चलचित्र उद्योगका विविध पक्षमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ’ सभापति थापाले शोक वक्तव्यमा भनेका छन्।
अभिनेता सुनिल थापाको काठमाडौँको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ६८ वर्षको उमेर आज निधनप्रति भएको हो।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उनको असामयिक निधनले नेपाली मात्र होइन, भारतीय चलचित्र क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको उल्लेख छ।
Shares

प्रतिक्रिया