खेल


आईसीसी एसियाको क्षेत्रीय सम्मेलन काठमाडौँमा, वैशाखमा ओर्लिनेछन् विदेशी हस्ती

आईसीसी एसियाको क्षेत्रीय सम्मेलन काठमाडौँमा, वैशाखमा ओर्लिनेछन् विदेशी हस्ती

गत वर्ष जुलाईमा बंगलादेशको ढाकामा भएको एशियाली क्रिकेट परिषद (एसीसी) वार्षिक साधारणसभाका सहभागी। तस्विरः एसीसीक्रिकेट डट ओरआरजी


नेपालखबर
माघ १६, २०८२ शुक्रबार १९:३८, काठमाडौँ

नेपाली क्रिकेटले पछिल्लो समय मैदानभित्र मात्र होइन, कुटनीतिक र प्रशासनिक मैदानमा पनि आफ्नो ‘बाउन्ड्री’ फराकिलो बनाउँदै लगेको छ। यही बढ्दो प्रभावको एउटा कडीका रूपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद–एसिया (आइसीसी एसिया) को क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार २०८३ वैशाख ३ र ४  मा हुने सम्मेलनमा एसियाली क्षेत्रका सदस्य राष्ट्रका प्रमुख प्रशासक र प्रतिनिधिहरूको टोली काठमाडौँ ओर्लिनेछ। दुई दिनसम्म चल्ने सम्मेलनले एसियाली क्रिकेटको आगामी रणनीति र मार्गचित्र तय गर्ने क्यान प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साख र सामर्थ्यको परीक्षण
नेपालले पछिल्लो समय मैदानमा देखाएको सुधार र मैदानमा देखिने समर्थकको अभूतपूर्व क्रेजका कारण आइसीसीले नेपाललाई महत्वपूर्ण साझेदारका रूपमा हेर्न थालेको छ। यसअघि नेपालले एसीसी प्रिमियर कपको सफल आयोजना गरेको थियो।

सम्मेलनमा मुख्य गरी एसियाली राष्ट्रहरूबीचको क्रिकेट सम्बन्ध, सुशासन र नयाँ प्रतियोगिताहरूको क्यालेन्डरबारे गहन विमर्श हुनेछ। विशेष गरी नेपाल जस्ता एसोसिएट राष्ट्रहरूले भोगिरहेका संरचनागत समस्या र उनीहरूलाई ‘टेस्ट’ राष्ट्रको यात्रामा कसरी अगाडि बढाउने भन्ने विषय एजेन्डाको प्राथमिकतामा रहनेछ।

विश्व क्रिकेटका प्रभावशाली हस्ती र रणनीतिकारहरू एकैसाथ काठमाडौँमा भेला हुनु नेपाली क्रिकेटको ब्रान्डिङका लागि सुनौलो अवसर हो।

क्यानको विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad